माओवादीलाई अपराधी बनाए इतिहास दाेहाेर्‍याउने विप्लवकाे चेतावनी
फरकधार / २१ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी बनाए इतिहास दाेहाेर्‍याउने चेतावनी दिएका छन् । आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिएका हुन् ।



लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार्य नरहेको बताउँदै उनले भने, ‘जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधीजस्तो, मलाई सहिदका छोराहरूले पनि भन्नुभयो– हामी अपराधी हो ? राज्यले के गरिरहेको छ ? सम्मानित हुनुपर्ने मान्छे अपराधीजस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउनेजस्तो, इतिहास यसरी उल्टियो ।’



माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने तागत आफूहरूसँग रहेकाे दाबी गर्दै उनले भने, 'को हो हत्यारा नेपालमा ? दुई सर्य वर्षसम्म नागरिकलाई चुसेर अर्बाैं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, त्याे सह्य हुँदैन ।' 



कार्यक्रममा बाेल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्दासमेत पार्टीका कोही बोल्न नसकेको भन्दै आलोचना गरे ।







  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १६:४७:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया