लिभरपुलले युनाइटेडलाई ७–० ले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलको जितमा मोहम्मद सल्लाह, कोडी गाक्पो र डार्विन नुनियाजले २–२ गोल गरे ।​ रोबर्टो फिर्मिन्होले एक गोल थपे ।

एन्फिल्डमा भएको खेलमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० गोलको अग्रता बनाए । उनले पहिलो हाफ सकिन २ मिनेट मात्र बाँकी हुँदा एन्डी रोबर्टसनले दिएको पासमा गोल गरेका हुन् ।  

दोस्रो हाफको पुरै समय लिभरपुलले आफ्नो नियन्त्रणमा लिएको थियो । ४७ औँ मिनेटमा नुनियाजले गोल गरेर लिभरपुलको अग्रता दोब्बर बनाए । ५० औँ मिनेटमा गाक्पोको व्यक्तिगत दोस्रो गोलमा योर्गन क्लोपको टोली ३ –० ले अघि रह्यो ।

६६ औँ मिनेटमा मोहम्मद सलाहाले गोल थप्दा नुनियाजले ७५ औँ मिनेटमा अर्को गोल गरे । ८३ औँ मिनेटमा काउन्टर अट्याकमा बल बढाउँदै सलाहाले व्यक्तिगत दोस्रो गोल गरे । निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा फिर्मिन्होले क्लोज रेन्जबाट गोल गरे ।  

यसअघि १८९५–९६ को सिजनमा दोस्रो श्रेणीमा हुँदा एन्फिल्डमै न्युटन हेल्थलाई ७ –१ गोलले हराएको थियो । यो जितपछि लिभरपुल शीर्ष पाँचमा उक्लिएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार ८:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया