राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ।
संगठन विस्तार गरिरहेको रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारी गरेको हो ।
पार्टीका महामन्त्री डा. मुलुल ढकालका अनुसार समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने छ ।
एपमार्फत आवेदन दिन सकिने बताइएको छ । यसअघि हालै रास्वपाले सातै प्रदेश समिति पनि गठन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।