‘पुलवामा आक्रमण’ पछि अक्षय किन पाकिस्तानको पक्षमा उभिए ?

एजेन्सी– अभिनेता अक्षयकुमारको एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले आतंककारी पाकिस्तानमा नभइ भारतमा भएको बताएका छन् । यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा #BoycottAkshaykumar (ब्वाय कट अक्षय कुमार ह्यास ट्याग) सुरु भएको छ । 

ट्विटरमा धेरैले यो भिडियो सेयर गर्दै अक्षयकुमारलाई राष्ट्र विरोधीको संज्ञा दिएका छन् । उनीहरुले अक्षयकुमारलाई बहिष्कार गर्न अपिल गरिरहेका छन् । यो ट्विट्समा अक्षयकुमारले पाकिस्तान आतंकवादी देश नभएको तर भारतमा आतंकवादी तत्व भएको बताएको दावी गरिएको छ । 

यो भिडियोमा अक्षयकुमारले भनिरहेका छन् ‘आतंककारी भारतमा नै छन् ।’ 

पुलवामा आक्रमण पछि पाकिस्तानको ‘दुनिया न्यूज’ च्यानलले अक्षयकुमारले पाकिस्तान चरमपन्थी देश नभएको र आतंकवादी गतिविधि पुरै विश्वमा फैलिएको बताएको स्टोरी प्रशारण गरेको थियो । 

भिडियोको वास्तविकता 

अनुसन्धानपछि यो भिडियोको पुलवामा आक्रमणसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ । यो भिडियो २०१५ को थियो । त्यतिबेला अक्षयकुमार आफ्नो फिल्म ‘बेबी’को प्रमोसन गरिरहेको क्रममा उनले आतंकवादको बारेमा बोलेका थिए । 



वास्तविक भिडियोमा अक्षयकुमारले भनेका छन् ‘आतंकवाद कुनै देशमा हुँदैन । यसको केही एलिमेन्ट हुन्छन् । आतंकवाद भारतमा पनि छ, अमेरिका, अष्ट्रेलिया, पेरिस जताततै छ । आतंकवाद केही व्यक्तिहरुले फैलाउँछन् र कुनै पनि देश यसको समर्थन गर्दैन् । 

हालै पुलवामा आक्रमणमा मारिएका सैनिकका परिवारलाई राहत दिन स्थापना गरिएको ‘भारत के वीर’ कोषमा उनले सहयोग गरेका छन् ।  



उनले अहिलेसम्म यो भिडियोको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

 

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १३:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया