logo-img

अपर तामाकोशीले हकप्रद सेयर जारी गर्ने

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । सो प्रयोजनका लागि हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। 

अपर तामाकोशीले गत फागुन १८ गते सेबोनमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा अपर तामाकोशीले १ः१ अनुपातमा अर्थात् चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ। 

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीलाई १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। 

अपर तामाकोशीको हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया