राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ मा सकिँदै छ । आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर आगामी फागुन २९ भित्र सरकारी निवास छाड्ने बताइएको छ ।
सरकारी निवासबाट भण्डारी बूढानीलकण्ठ–२ स्थित घरमा सर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
नयाँ राष्ट्रपतिका लागि दुई पूर्वसभामुखहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
पौडेल आठदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने नेम्वाङ नेकपा (एमाले) का एकल उम्मेदवार हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।