दुर्गा प्रसाईंको आन्दोलनप्रति लिङ्देनको कटाक्ष : राप्रपा अराजकताको पक्षमा छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनलाई अराजकताको संज्ञा दिएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सडकमा भइरहेका गतिविधिका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । 

उनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । राजनीतिक दल सत्ताकेन्द्रित बन्न थालेपछि जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उनको भनाइ छ । 

राप्रपाले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने भन्दै उनले अब राजनीतिक दलहरु बढी जिम्मेवार हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार १९:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया