कांग्रेस उपसभापति खड्काको दाबी : पौडेललाई राष्ट्रपतिमा सहयोग गर्न राप्रपा सकारात्मक

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सहयोग गर्न राप्रपा सकारात्मक रहेको दाबी गरेका छन् ।  

पौडेलले सोमबार दिउँसो राप्रपाका नेताहरुसँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए । राप्रपा पार्टी कार्यालयमा भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति खड्काले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रीम शुभकामना दिएको बताए । 

नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउँदै खड्काले २४ गते बैठक बसेर निर्णय गर्ने जवाफ पाएको बताए । 

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदै छ । एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ उम्मेदवार छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७९ साेमबार २०:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया