राप्रपा अराजकता र गलत क्रियाकलापको पक्षमा छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् ।

उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले नागरिक र देशले यस्ता अराजकता बेहोर्नुपर्नेको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेको भन्दै आफ्नो पार्टीले यस प्रकारको क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता पनि जनाए । 

‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन् भने देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन,’ उनले भने । 

केही दिनयता व्यवसायी दुर्गा प्रसाईँले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै आएका छन् ।  





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार ६:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया