\
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा निर्णय लिइने बताइएको छ ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।