इरान र रुसी राष्ट्रपतिबीच फोनवार्ता
फरकधार / २३ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

रुसी राष्ट्रपति र इरानी राष्ट्रपतिबीच फोनवार्ता भएको छ । उनीहरूका बीचमा सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ । 



सो समाचारअनुसार रुसी राष्ट्रपति पुटिन र इरानी राष्ट्रपति राइसीबीचमा सोमबार फोनमा वार्ता भएको हो । उनीहरूका बीचमा सो अवसरमा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको थियो । ​ 



इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइएअनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरूका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।



आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदानप्रदान र लगानीका क्षेत्रलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको सो वेबसाइटमा जनाइएको छ । 



वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको सो सूचनामा जनाइएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १३:२९:३४,   अन्तिम अपडेट : फागुन २३, २०७९ मंगलबार १३:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया