रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ : नेपाली नागरिकबाहेकलाई राजनीतिक अधिकार छैन

सर्वोच्च अदालतले नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नभएको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो जानकारी गराएको हो । 

फैसलाको पूर्णपाठमा प्रक्रिया पूरा नगरेका व्यक्ति अनागरिक भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै भनिएको छ, ‘त्यस प्रकारका प्रक्रिया पूरा नगरेका व्यक्तिले नेपाली नागकिरता प्राप्त गरेका व्यक्तिलाई मात्र प्राप्त हुने नागरिक वा राजनैतिक अधिकार भने प्राप्त गर्न सक्तैनन् ।’ 

नेपालको संविधानको धारा १७(२) (ग) बमोजिम राजनीतिक दल खोल्ने स्वतन्त्रता नागरिकलाई मात्र उपलब्ध हुने उल्लेख गर्दै पूर्णपाठमा भनिएको छ, ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उमेदवार हुने अधिकार रहँदैन ।’

‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन भन्ने प्रावधानको तात्पर्य पनि स्मरणीय छ,’ पूर्णपाठमा भनिएको छ, ‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधिवत् समर्पित रहेको हुनुपर्दछ भन्ने पनि हो ।’





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १८:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया