बमजनलाई पक्राउ गर्न सांसद वलीको आग्रह

काठमाडौं– राष्ट्रियसभाकी सांसद सांसद कोमल वलीले लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बमजनबारे प्रस्ट पार्न सरकारसँग आग्रह गरेकी छिन् । बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद वलीले सरकारको धारणा माग गरेकी हुन् ।

गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै उनले बमजनलाई पक्राउ नगर्नुको कारण माग गरिन् । रामबहादुर बमजनले गरेका क्रियाकलापहरु सम्बन्धित युवतीहरुले बाहिर ल्याएको अवस्थामा पनि सरकारले अहिलेसम्म कारबाही गर्न नसकेको र नपक्रिएको भन्दै सांसद वलीले आक्रोश व्यक्त गरिन् ।

प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनेर प्रतिक्रिया दिएकोमा पनि गृहमन्त्री थापासँग जवाफ माग गरिन् । जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रूपमा नलिएको बताए ।

 ‘यो घटनालाई सरकारले हल्का रूपमा लिएको छैन,’ उनले भने, ‘गम्भीरतापूर्वक नै लिएको छ ।’ अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले जानकारी गराए ।

यो गम्भीर विषय भएको र सो विषयमा सरकारले आफ्नो तर्फबाट छानबिन गरिरहेको उनले बताए ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १४:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया