द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएको छ । 

सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएका हुन् ।

लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठीक नभएको बताए।

‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोर्टबाट फौजदारीको रूपमा हेर्ने होइन,’ लेखकले भने ।





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १९:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया