पिएनजीविरुद्धको खेलका लागि रोहित पौडेलको कप्तानीमा क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ क्यानले नेपालमा हुने आइसिसी लिग टु अन्तर्गत हुने यूएई र पपुवान्युगिनी (पिएनजी)विरुद्धको खेलका लागि रोहित पौडेलको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको छ ।

मंगलबार क्यानले पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, आशिप शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी छन् ।

नेपालले पपुवान्युगिनी र यूएईसँग घरेलु मैदानमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५)मा पपुवान्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । 

मार्च १३ (फागुन २९)मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २)मा यूएईसँग खेल्नेछ ।





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार २१:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया