अस्ट्रेलिया गएका विद्यार्थी बिचल्लीमा परेकोमा कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेको घटनाप्रति  गम्भीर ढंगले ध्यान आकृष्ट भएको जनाएको छ । 

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेकोमा अहिले स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको भन्दै नर्सिङ अध्ययन गर्न गएका नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नुपरेकोमा मर्माहत भएको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
  
नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिएको कांग्रेसले जनाएकाे छ । ती विद्यार्थीहरुको उद्धार गरी उचित शैक्षिक प्रबन्धका लागि तत्काल आवश्यक पहल गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । 
    
दर्ता नभएका क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीबारे आवश्यक विवरण संकलन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनसमेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १५:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया