यू–२० महिला एसियन कप छनोट : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । 

नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टोलीकै सदस्य प्रिती राईको कप्तानीमा नेपाल मैदान उत्रनेछ । 

उनले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् । प्रशिक्षक याम बहादुर गुरुङले पनि नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । 

पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरू तयार रहेको गुरुङले बताए । नेपाली टोलीले पछिल्लो साढे दुई महिनादेखि तयारी गरिरहेको छ । यस बीचमा यू–२० साफ च्याम्पियनसिप पनि खेलेको थियो ।  

समूह ‘बी’ मा यसअघि युएई पनि थियो । तर उसले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुनेछ । 

पहिलो चरणको छनोटबाट हरेक समूहको विजेता (८ टोली) दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् ।   



नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लीला जोशी



डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरू हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतीक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अञ्जली मसामसी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार ८:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया