\
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बैठक बस्न लागेको हो ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
बैठकले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे निर्णय लिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।