बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेट, राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेट भएको छ। 

उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बिहान भेट भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए । 

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमतिअनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए । 

अदातलमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ । आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए ।   





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार ११:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया