अमेरिकामा एक महिनामा १ लाखभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण

अमेरिकामा गएको चार हप्ता यता मात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड–१९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र १ लाख ६ हजारजना बालबालिका कोभिडको संक्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको संक्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो । यसअघिका हप्ताहरूमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको संक्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको संक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेरअनुसारको तथ्यांक लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार १३:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया