स्याङ्जामा जन्मेका आचार्य बालकृष्ण भारतको ८औँ धनी

काठमाडौं– स्याङ्जामा जन्मेका आचार्य बालकृष्ण भारतको ८औँ धनी व्यक्ति सूचीमा पुगेका छन् । बालकृष्ण योगगुरु रामदेवका सहयोगी र सहयात्री हुन् ।

चिनियाँ अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचीमा पतञ्जली आयुर्वेदका सिइओ बालकृष्ण ८औँ नम्बरमा छन् । यसअघि उनी २५औँ नम्बरमा थिए ।

भारत सरकारले ल्याएको नोटबन्दी र जिएसटीका कारण बालकृष्णको सम्पत्ति एक वर्षको अवधिमा १७३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब भारतीय रुपैयाँ पुगेको छ ।

हुरनका अनुसार पहिलो भारतीय धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् । यस्तै दोस्रोमा दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौँ अजिम प्रेमजी, छैटौँ साइरस एस पुनावाला, सातौँ गौतम अडाणी, आठौँ बालकृष्ण आचार्य, नवौँ उदय कोटक र दसौँमा सुनील मित्तल छन् ।

२०२९ सालमा स्याङ्जामा जन्मेका बालकृष्ण अहिले भारतीय नागरिक हुन् । भारतमा वेलावेलामा उनको नागरिकतासम्बन्धी विवाद  उठ्ने गर्छ ।

बालकृष्ण र रामदेवले संयुक्त रूपमा सन् १९९५ मा दिव्य फार्मेसी र २००६ मा पतञ्जली आयुर्वेद खोलेका थिए ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १५:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया