नेपालले आज पिएनजीसँग खेल्दै, विश्वकप छनोट सम्भावना जीवितै राख्न जित्नैपर्ने दबाब
फरकधार / २५ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलाअन्तर्गत नेपालले आज पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । नेपाल र पिएनजीबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  



लिग–२ को शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोट सम्भावना जीवित राख्न नेपालले चारवटै खेल जित्नुको विकल्प छैन । हालै यूएई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले घरेलु श्रृंखलामा पनि सोही लय कायम राख्न चाहन्छ ।  



नेपाल अहिले ३२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ३२ म्याच खेलेको नेपालले १५ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ म्याचबाट ३९ अंक जोडेको छ । सिधै विश्वकप छनोटमा स्थान बनाउन नामिबिया नेपालको एक हारको प्रतीक्षामा छ ।



पुछारमा रहेको पिएनजीले ९ अंक मात्र जोड्न सकेको छ । उसले ३२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ । छैटौँ स्थानमा रहेको यूएईले ३२ म्याच खेल्दा १४ मा जित, १५ मा हार तथा तीन खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड र ओमानले भने शीर्ष दुईभित्र स्थान बनाउँदै सिधै विश्वकप छनोटको यात्रा तय गरिसकेका छन् ।



नेपालको सम्भावित–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी । 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ७:३७:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया