आसिफ शेखको पहिलो ओडिआई शतक

आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाली टोलीका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन् । उनले कीर्तिपुरस्थित त्रिवि मैदानमा १०१ बलमा दुई छक्का र १० चौका प्रहार गर्दै शतक पूरा गरे । 

एकदिवसीय अन्तर्राष्ट्रिय आसिफको यो पहिलो शतक हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ९० रन थियो । सुरुवातमै दुईपटक जीवनदान पाएका आसिफले त्यसको फाइदा उठाउँदै आक्रामक शतक बनाए ।  

सिरिजको पहिलो खेलमा पिएनजीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले यो समाचार तयार पार्दासम्म ३६ ओभरमा तीन विकेटको क्षतिमा १९३ रन बनाएको छ ।  

शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोट सम्भावना जीवित राख्न नेपालले चारवटै खेल जित्नुको विकल्प छैन । नेपाल अहिले ३२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ३२ खेल खेलेको नेपालले १५ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ म्याचबाट ३९ अंक जोडेको छ ।    

पुछारमा रहेको पिएनजीले ९ अंक मात्र जोड्न सकेको छ । उसले ३२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ । छैटौँ स्थानमा रहेको यूएईले ३२ म्याच खेल्दा १४ मा जित, १५ मा हार तथा तीन खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड र ओमानले भने शीर्ष दुईभित्र स्थान बनाउँदै सिधै विश्वकप छनोटको यात्रा तय गरिसकेका छन् ।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १२:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया