पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ बस्ने २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
ठक्करबाट घाइते मोटरसाइकलमा सवार चालकसमेत दुईजनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।