एकै परिवारका ७ शरणार्थी बालबालिकाले आगलागीमा ज्यान गुमाए

टोरन्टो– क्यानडाको हेलिफक्स सहरस्थित एउटा घरमा भएको आगलागीमा सिरियाली शरणर्थी परिवारका ७ बालबालिकाको मृत्यु भएको छ ।

सबै बालबालिका एकै परिवारको भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार, ज्यान गुमाउनेमा ४ महिनादेखि १५ वर्षसम्मका बालबालिका छन् । घटनामा परी गम्भीर घाइते भएका उनीहरुका ३९ वर्षे बाबु र ४० वर्षे आमाको उपचार भइरहेको छ । 

स्थानीय समयअनुसार मंगलबार राति साढे १२ बजे घरमा एक्कासि आगो फैलिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यो परिवार सन् २०१७ मा सिरियाको रक्काबाट शरणर्थीका रुपमा क्यानडा भित्रिएको थियो । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १६:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया