राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
रास्वपाले राष्ट्रपति निर्वाचनको अन्तिम समयमा कांग्रेस नेता पौडेललाई मतदान गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । पौडेल निर्वाचित भएपछि लामिछानेले उनलाई बधाई दिएका हुन् ।
पौडेललाई लामिछानेले सिंगो देशको अभिभावक बन्न सुझाब दिएका छन् ।
‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु,’ लामिछानेले भनेका छन्, ‘सिंगो देशको अभिभावक बन्नुहुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।’
एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।