पशुपति शर्माको गीतबारे प्रधानमन्त्री : जनताले मन पराएनन् अनि आफैँ हटाए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको भर्खरै चर्चामा आएको गीत ‘लुट्न सके लुट्...’ गीतप्रति व्यंग्य गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आठौँ  बैठकलाई बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो गीत जनताले मन नपराएपछि गायक शर्माले आफैँ य्ट्युबबाट हटाएको प्रतिक्रिया दिए । 

प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनाए अरे, कता हो मैले सुनेँ, लुट भाइ लुट, गरी खाए केही काम लाग्दैन लुटेर खा भनेर कसैले गीत गाए । तर, जनताले मन पराएनन्, अनि आफैँ हटाए।’ 

सो गीतका गायकलाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसद डा. अमरेशकुमार सिंहप्रति लक्षित गर्दै सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अर्को सांसदले त्यस्तो राम्रो महान् गीत, नेपालीलाई टुटेर खान सिकाउने गीत किन हटाएको यूट्युबबाट ? राख्नु पर्छ भन्दै २५ हजार दिने बताएछन् ।’ 

गायकले भावनामा गीत लेखेर युट्युबमा हालेको, तर सबैले राम्रो गरेनौ भाइ ! भनेपछि हटाएकोले यो कुरा सिद्धिसकेको बताए । सरकारले उनलाई केही नभनेको प्रधानमन्त्रीले प्रस्ट पारे । 






  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १६:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया