म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल बेटिसलाई ४–१ ले हराएको छ ।
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा इंग्लिस क्लब युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले गोल गरे।
रियल बेटिसका एयोजी पेरेजले सान्तवना गोल फर्काए । खेलको छैटौँ मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ३२ औँ मिनेटमा बेटिसका एयोजीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
५२औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ब्रुनोको गोलबाट युनाइटेड ३–१ ले अघि बढ्यो । ८२औं मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै युनाइटेडलाई ४–१ को सानदार जित दिलाए ।
यो जितसँगै युनाइटेडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेग आगामी १६ मार्चमा रियल बेटिसको घरेलु मैदानमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।