रास्वपाको स्पष्टीकरण : राष्ट्रपति निर्वाचनमा सांसदलाई स्वविवेक प्रयोग गर्न भनेका हौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मतदान गर्न नभनेको स्पष्ट पारेको छ ।​

रास्वपा महामन्त्री प्रवक्ता मुकुल ढकालले सांसदलाई कुनै उम्मेदवारलाई भोट हाल्न दबाब नदिएको र स्वविवेक प्रयोग गर्न भनेको बताएका हुन् । ​

‘हाम्रो वाचापत्र अनुरूप उम्मेदवार नभएपछि हामीसँग दुई उम्मेदवार विकल्पका रूपमा थिए । यससन्दर्भमा गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त थिएन । स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबीच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरी पार्टीको बिना कुनै दबाब नै मतदान गर्नु भएको हो । उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनुभयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिमा रास्वपा बाचाविपरीत गएको भन्ने आलोचना हुन थालेपछि रास्वपाले स्पष्टीकरण दिएको हो । ​    





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार ९:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया