क्याटरिनालाई चाहियो नयाँ ब्वायफ्रेन्ड

एजेन्सी– बलिउड अभिनेत्री क्याटरिना कैफ अहिले सलमान खानसँग फिल्म ‘भारत’को सुटिङ गरिरहेकी छिन् । त्यसैले योबीचमा उनले कम अन्तर्वार्ता दिएकी छिन् । तर, जब अन्तर्वार्ता दिएकी छिन्, तब उनले खुलेर नै बोल्न थालेकी छिन् । केही दिनअघि एउटा मिडियालाई अन्तर्वार्ता दिँदा चाहिँ उनले दुई रमाइला कुरा सेयर गरेकी छिन् ।

उनले पाएमा अर्की अभिनेत्री करिना कपुर खानसँग दुई कुरा लिने बताएकी छिन् । करिनाको आँखा र मोटाबोलिज्म उनलाई सबैभन्दा मन पर्ने भएकाले ती दुई कुरा उनीबाट लिन चाहेको उनले बताएकी हुन् । 

क्याटरिनाले आफू दुखी हुँदा सलमान खानको गीत सुन्ने पनि बताएकी छिन् । सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’का गीतहरु सुनेर आफूले डान्स गर्ने र तनावबाट मुक्त हुने उनले बताएकी छिन् ।

अन्तर्वार्तामा क्याटरिनाले आफूले रणबीर कपुरसँग भएको ब्रेकअपपछि जीवनलाई फरक ढंगले बुझ्न थालेको पनि बताएकी छिन् । त्यति मात्र होइन, बलिउडमा अधिकांश अभिनेत्री विवाहित भइसकेकाले अब आफूलाई नयाँ ब्वायफ्रेन्ड चाहिएको र लामो समय सिंगल बस्न नसक्ने पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १७:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया