नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको नाउपाका संसदीय दल प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
श्रेष्ठ गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–१ बाट निर्वाचित भएकी थिइन् । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ ।
सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
उपराष्ट्रपतिको मनोनयन दर्ता २९ फागुनमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।