शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्री स्टार एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्री स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जोडेको छ । यता खुमलटारले ३ खेलमा ३ अङ्क जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।