सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : संकटा र सातदोबाटो विजयी, जावलाखेल र एपिएफको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले पुलिसलाई पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा संकटाले पुलिसलाई ३–० गोलले हराएको हो । 

संकटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरजज्यू ठकुरीले एकएक गोल गरे । पुलिस क्लबको यो लगातार तेस्रो हार हो । संकटाको भने पहिलो जित हो ।

आजै भएको खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोलले हराएको छ । सातदोबाटोको जितमा दीपकराज ठकुरीले गोल गरे । सातदोबाटो तीनवटै खेल जितेर दोस्रो स्थानमा छ । फ्रेन्ड्सले तीन खेलमा जम्मा एक अंक जोडेको छ ।

आजैको खेलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा एपिएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

जावलाखेल ७ अंकसहित तेस्रो स्थानमा छ भने एपिएफले ४ अंक जोडेको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार २०:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया