यी छ लक्षण देखिएका छन् ? मिर्गौला जचाउनुहोस्

पछिल्ला वर्षमा वर्षेनी मिर्गौलाका बिरामी बढिरहेका छन् । कतिपयले त नियमित चेकजाँच नगर्ने हुँदा मिर्गौलामा समस्या देखिएको निकै पछि मात्र आफूलाई मिर्गौलाको रोग भएको थाहा पाउँछन् । तर, जब थाहा हुन्छ, त्यति बेला मिर्गौला निकै बिग्रिसकेको हुन्छ । त्यसो हो भने प्रश्न उठ्न सक्छ, मिर्गौला ठिक छ वा छैन भन्ने कसरी थाहा पाउने त ?

यी दश लक्षणले चाहिँ कतै मिर्गौलामा समस्या त छैन भन्ने थाहा दिन्छ । योसँगै नियमित चेकजाँच गर्नेहरुले चाहिँ चिकित्सकलाई आफूलाई भएका समस्याबारे बताउनु पर्ने हुन्छ ।

 

१. यदि छिटो थकाइ लागेको महसुस हुन्छ, काममा एकाग्रता हुँदैन
मिर्गौलामा समस्या देखिएमा हाम्रो शरीरमा टक्सिनहरुको विकास हुन्छ जसले हाम्रो रगतलाई पूर्ण रुपमा अक्सिजन शरीरका अंगहरुमा पुर्याउन दिँदैन । मिर्गौलामा समस्या हुँदा बिरामीमा अनेमिया पनि देखिन सक्छ ।

 

२. निद्रा लाग्दैन वा सुताइमा समस्या छ
जब मिर्गौलाले राम्रोसँग काम गर्दैनन्, हाम्रो शरीरले आराम महसुस गर्न सक्दैन । यसले गर्दा हामीलाई निद्रामा समस्या देखिन सक्छ । तौल बढ्नुसँग पनि मिर्गौला रोगको सम्बन्ध हुन्छ । जे होस्, राती निद्रा पर्न गाह्रो हुन्छ वा निद्रा राम्रो पर्दैन भने पनि हामीले मिर्गौला जचाउनु पर्छ ।



 

३. सुख्खा र चिलाइरहने छ छाला
राम्रा मिर्गौलाले राम्रो काम गर्न सक्छ । मिर्गौलाले हाम्रो शरीरलाई आवश्यक नपर्ने फोहोरहरु हटाउन सहयोग गर्छ । तर, यो फोहोर हाम्रो रगतमा आयो भने हाम्रो छाला सुख्खा हुन्छ र चिलाइरहने हुन्छ । यस्तो भएको खण्डमा पनि मिर्गौला जाँच्नु ठिक हुन्छ ।



 

४. बारम्बार पिसाब लागिरहन्छ
यदि तपाईंलाई बारम्बार पिसाब लागिरहन्छ र यो क्रम रातीमा झन् बढी हुन्छ भने मिर्गौला परीक्षण गरिहाल्नु पर्ने हुन्छ । त्यसो त कहिलेकांही यो प्रोस्टेटका कारण पनि हुनसक्छ तर यस्तो समस्या चाहिँ सबैभन्दा बढी मिर्गौलामा समस्यामा देखिएमा हुन्छ ।

 

५. पिसाबमा रगत देखियो वा फिँजजस्तो पिसाब भएमा
मिर्गौलाले खासमा पिसाबमा हाम्रो शरीरमा अनावश्यक कुराहरु मात्र पठाउँछ । तर, पिसाबमा रगत देखियो भने वा पिसाब फिँजजस्तो आएमा तत्काल जचाउनु पर्छ । किनकि यसले मिर्गौलाको गम्भीर समस्या इंगित गर्छ ।

 

६. खुट्टाहरु सुनिएको छ
खुट्टाहरु अस्वाभाविक रुपमा सुनिएको छ भने पनि त्यो मिर्गौलाको समस्या हुनसक्छ । त्यसैले गोलीगाँठा तथा खुट्टा सुनिएमा मिर्गौलाको चेकअप गरिहाल्नु पर्छ ।
 

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १८:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया