कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा शनिबार से.६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका–४ का १४ वर्षीय छोरा आयुषको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । आयुष महेन्द्रनगर नमूना माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत थिए ।  





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १३:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया