फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

राष्ट्रव्यापी विरोधका बाबजुद  फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । 

जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्नेछ । संभवतः आगामी बिहीबार उक्त विधेयक सिनेट र राष्ट्रियसभामा प्रस्तुत हुनेछ । 

प्रस्तुत विधेयक पारित भएमा न्यूनतम सेवानिवृत्तिको उमेर ६४ वर्ष हुनेछ । यसअघि ६२ वर्षमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था थियो । युवावस्थामा सेवा प्रवेश गरेका फ्रान्सेली नागरिकले उक्त विधेयकलाई अनुचित भनेका छन् । 

सरकारीस्तरमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको दोस्रो पाँचवर्षे कार्यकालको महत्वपूर्ण उपलव्धि ठानिएको उक्त विधेयकको धेरैले विरोध गरेका छन् ।

विधेयक पारित गर्न सदनमा आवश्यक बहुमत प्राप्त नभएमा संवैधानिक व्यवस्थाअनुसार मतदान बिना नै कानुन बनाउने धारा ४९(३) प्रयोग हुनसक्नेछ । यद्यपि विवादास्पद उक्त धाराको प्रयोग विरलै हुने गरेको छ । शनिबार विधेयकको विरोध गर्दै देशभर विरोधप्रदर्शन भएका थिए । 

करिब तीन लाख ६८ हजार मानिस विरोधप्रदर्शनमा उत्रिएका थिए । देशभरका रेलसेवा विधेयकका विरोधमा ठप्प भए पनि राजधानी पेरिसको सार्वजनिक यातायात निर्धारित समयमा नै सञ्चालन भएको थियो ।  





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १४:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया