राप्रपा नेपालका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् ।  

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेललगायत ४२ जनालाई राप्रपामा प्रवेश गराउँदै स्वागत गरेका छन् ।  

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार-प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । 

आचार्यले राजनीति, सामाजिकलगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् । 





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १५:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया