नेपाल आँखा अस्पताललाई सिभिल बैंककाे टिभी उपहार

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ ।

आज एक कार्यक्रमबीच सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई टिभी हस्तान्तरण गरे । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको बिरामी प्रतीक्षालयमा सो टिभी जडान गरिनेछ । 

टिभी हस्तान्तरण गरेपछि चिफ बिजिनेस अफिसर शाक्यले बैंक यसै समाजमा सञ्चालित हुने हुँदा समाजलाई थोरै नै भए पनि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा सहयोग गर्दै आएको उनले स्मरण गरे ।  
 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १८:५६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया