फुलहमविरुद्ध आर्सनलको सानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमविरुद्ध ३–० को जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलको जितमा गाब्रियल मागल्हेस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक/एक गोल गरे । 

यो जितपछि शीर्ष स्थानको आर्सनलले ६६ अंक जोडेको छ । म्यानचेस्टर सिटी ६१ अंकका साथ दोस्रो स्थानमा छ । फुलहम ३९ अंकका साथ आठौं स्थानमा छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । 

गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले १–१ को बराबरी खेल्दा न्यूक्यासलले वुल्भ्सलाई २–१ गोल अन्तरले हरायो ।  





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार ७:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया