झलनाथ खनाल र विप्लवबीच भेट, के भयो कुराकानी?
फरकधार / २९ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच छलफल भएको छ ।



उनीहरूबीचको छलफल खनाल निवास डल्लुमा भएको हो । छलफलमा विप्लवको साथमा उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि थिए ।



करिब २ घण्टा चलेको छलफलमा वर्तमान समसामयिक राजनीतिक परिस्थतिका बारेमा छलफलका साथै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको भन्दै चिन्ता जनाइएको बताइएको छ ।   



आगामी दिनमा सबै वामपन्थीबीच वाम एकताको सम्भावनाको बारेमा पनि छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 







  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार ८:४०:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया