मेयर बालेन आज लण्डन जाँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज लण्डन जाने भएका छन् । फागुन ३० देखि तीन दिन लण्डनमा हुने  ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयरसहित ४ सदस्यीय टोली आज साँझ त्यसतर्फ जान लागेको हो ।  

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेका बालेनको सचिवालयले जनाएको छ ।

आफू लण्डन जाने भएपछि बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न् । 





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार ९:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया