ए डिभिजन लिग : खुमलटारको दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा खुमलटार एफसीले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

च्यासल रंगशालामा भएको खेलमा खुमलटारको जितमा मनिष थापा र स्टेफन विनोङले गोल गरे । यता, हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गोल फर्काए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो । 

खेलको २२औँ मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई १–० गोलको अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा स्टेफनले गोल गरेपछि खुमलटारले २–० गोलको अग्रता बनायो । तर, खेलको ८०औँ मिनेटमा विश्वासले गोल गर्दै हिमालयन शेर्पालाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा शेर्पाले गोल फर्काउन नसकेपछि खेल खुमलटारले जितेको हो ।

यो जितसँगै खुमलटारले चार खेलबाट ६ अंक बनाएको छ । यता, पराजित भएको हिमालयन शेर्पाको चार खेलबाट चार अंक छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १८:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया