सहिद स्मारक लिग ए डिभिजन लिगमा थ्री स्टारले सातदोबाटोलाई १–० ले हराएको छ । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।
दशरथ रंगशालामा भएको खेल बराबरीतर्फ अग्रसर भएको बेला आदित्यले निर्णायक गोल गरेका हुन् । यससँगै थ्री स्टारले उपाधि होडमा आफूलाई सामेल गरेको छ ।
यो जितपछि थ्री स्टारको चार खेलबाट सात अंक भएको छ । लगातार तीन जित निकालेर उत्कृष्ट सुरुआत लिएको सातदोबाटोको यो पहिलो हार हो ।
यससँगै सातदाबाटो नौ अंकमै सीमित रह्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।