सल्यानमा भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु
फाइल तस्बिर

सल्यानमा सिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्र बहादुर घाइते भएका थिए ।  

घाइते रावतको उपचारका लागि सुर्खेत लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । 

बन्दुक  र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालले बताए । चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार ११:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया