उपत्यकामा ट्याक्सी : अब चक्रपथ बाहिर पनि मिटरमै जानुपर्ने

काठमाडौं– उपत्यकामा चल्ने ट्याक्सीले अब उपत्यकाभरि नै मिटरमा चल्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले उपत्यकाभरि नै ट्याक्सीलाई मिटरमा गुड्ने व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न ट्राफिक प्रहरीलाई पत्र लेखेको छ । यसअघि, चक्रपथभित्र र दुई किलोमिटर बाहिरसम्म मात्र मिटरमा जानुपर्ने व्यवस्था थियो । 

चक्रपथभन्दा बाहिर भाडामा बार्गेनिङ हुने गर्दा त्यसकै बाहनामा ठगी मौलाएपछि नयाँ नियम लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नयाँ व्यवस्थापछि अब ट्याक्सी मिटर नचलाई हिँड्न पाउने छैनन् । यसले मनलाग्दी तबरले भाडा मागेर ठग्ने क्रम निरुत्साहित हुने सरकारको विश्वास छ ।

हाल मिटर ट्याक्सीमा चढ्नेबित्तिकै १४ रुपैयाँ बिल उठ्छ । त्यसपछि, प्रतिकिलोमिटर ३९ रुपैयाँका दरले मिटर चढ्छ ।

ट्याक्सी चालकले मिटरको बिल प्रिन्ट गरेर दिनुपर्ने व्यवस्था छ । तर, उपत्यकामा चल्ने अधिकांश ट्याक्सी मिटरमा नचल्ने समस्या व्याप्त छ ।

पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘हाउ मच’ अभियान चलाएर मिटरमा नगुड्ने ट्याक्सीमाथि कारबाही अभियान चलाएको छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार २०:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया