जावलाखेललाई हराउँदै फ्रेन्ड्स विजयी

सहिद स्मारक ए डिभिजन लिगमा ललितपुरे डर्वी भिडन्तमा जावलाखेल युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ।

जारी सिजन राम्रो सुरुवातका बाबजुत जावलाखेलले मंगलबार पहिलो हार भोग्यो। अन्तिम समयमा १० खेलाडीमा समेटिएको जावालाखेललाई फ्रेन्डसले २–१ गोल अन्तरले पराजित गर्‍यो।

फ्रेन्ड्सलाई जित दिलाउन राफिक एमिनु र प्रकाश बुढाथोकीले समान १–१ गोल गर्दा जावलाखेलका फोडे फोफानाले एक गोल फर्काएका थिए। सुरुवतमानै फ्रेन्डसलाई अग्रता बनाउने क्रममा १९ औं मिनेटमा राफिक एमिनुले गोल गरे। उनले प्रकाश बुढाथोकीको प्रहार गोलरक्षकले पञ्च गरेको बलमा रिबाउन्डमा गोल गरेका थिए।

पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा प्रकाशले ४० औँ मिनेटमा गोल गरेका थिए। उनले लक्ष्मण रुचालको क्रसलाई सदुपयोग गरेका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको फ्रेन्डसले दोस्रो हाफमा अग्रता जोगाउँदा पहिलो पटक लिगमा ३ अंक हासिल गर्‍यो।

खेलमा फर्कन प्रयास गरे पनि जावलाखेल निर्धारित समयमा १ गोलमात्र फर्कायो। ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरेका थिए। फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो।

खेलको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो। उसका कप्तान सिमान्त थापाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मैदान छाडेका थिए।



फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्रीले उनलाई कार्ड दिएका थिए। जितसँगै फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ। जावलाखेलको यो जारी लिगमा पहिलो हार हो। जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ।



  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १७:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया