रास्वपाले यादवलाई उपराष्ट्रपतिमा मत नदिने, अष्टलक्ष्मीलाई समर्थन गर्ने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ । राष्ट्रपतिमा निर्वाचत रामचन्द्र पौडेल पुरुष भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवारलाई समर्थन गर्ने रास्वपाको नीति छ । 

पौडेललाई राष्ट्रपतिमा मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ मान्यता रहेको रास्वपाका नेताहरुले बताएका छन् । 

उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । रास्वपाले शाक्य र झामध्ये कसलाई मत दिने खुलाएको छैन । 

यद्यपि, एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको बताइन्छ । यसअघि राष्ट्रपति निर्वाचनमा तटस्थ रहेको राप्रपाले पनि उपराष्ट्रपतिमा भने मत दिने भएको छ । राप्रपाले पनि एमाले 
उममेदवार शाक्यलाई नै सहयोग गर्ने सम्भावना अधिक छ । 
 





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १९:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया