प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. यादवलाई पदमुक्त गर्न मुख्यमन्त्रीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई पदमुक्त गर्न निर्देशन दिएका छन् । 

मुख्यमन्त्री यादवले प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई डा. यादवलाई अस्पतालको निर्देशकबाट हटाउन मौखिक निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री यादवले सोमबार अस्पतालको छड्के अनुगमन गर्दा निर्देशकसहित अधिकांश चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि मंगलबार आफूलाई यस्तो निर्देशन दिएको सामाजिक विकासमन्त्री साहले बताइन् । 

मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्याब प्रमुख परमेश्वर यादवलाई पनि गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिइन् । 

प्रादेशिक अस्पतालको ल्याबबाट एउटै व्यक्तिको ब्लड ग्रुपको फरक फरक रिपोर्ट दिइएको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के अनुगमन गरेका थिए । 

मुख्यमन्त्री यादवले उपराष्ट्रपति निर्वाचनका कारण आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनपश्चात् अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन मन्त्री साहलाई निर्देशन दिएका हुन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार २१:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया