मलावी र मोजाम्बिकमा चक्रवातबाट २१० जनाको मृत्यु

दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवातबाट २ सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा १ सय ९० र मोजाम्बिकमा चक्रवातबाट २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  

मलावीमा ५ सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् । त्यस्तै, छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन् । चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन् ।  

मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थापित भएका रेडियो मोजाम्बिकले जनाएको छ । मालवीको प्राकृतिक संसाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । 

बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ । आज साँझदेखि अवस्था सामान्य हुने अपेक्षा उक्त मन्त्रालयले गरेको छ । 

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपरान्हसम्म यहाँ मात्र १ सय ५८ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् । राजधानीका धेरै घर पहिरोमा पुरिएका छन् ।

देशभर करिब ६० हजार प्रभावित भएका छन् भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् । 





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ११:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया