अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै गएको छ । आजको लागि राष्ट्र बैंकबाट जारी विनिमय दरमा एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।
मंगलबारको तुलनामा डलरको मूल्य ४० पैसाले बढेको हो। आज एक युरोको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ तीन पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ११ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ तीन पैसा र बिक्रीमा ९५ रुपैयाँ ४६ पैसा पाइन्छ । कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ सात पैसा र बिक्रीमा ३६ रुपैयाँमा २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ सात पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८४ पैसा पाइन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।